फेकोफन माछापुच्छ्रेको अध्यक्षमा ढुङगाना
पाेखरा | चैत १४, २०७९
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोश्रो अधिवेशनले धर्मराज ढुङ्गानाको अध्यक्षतामा दश सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
सो समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्षमा पार्वती अधिकारी सदस्यहरुमा यमुना भुजेल,गौरी पौडेल, उमानाथ अधिकारी निर्वाचित हुनु भएको छ । बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा सोमबहादुर भुजेल, मार्कण्य अधिकारी,बलराम ढुङ्गाना, गुरुदत्त अधिकारी, गिता अधिकारी, गिता बराल, गायत्री अधिकारी, बुद्धिमाया अधिकारी एवम् जिल्ला प्रतिनिधिमा चुडामणी अधिकारी, खिमलाल अधिकारी,दाताराम अधिकारी, रमा गौतम, अनिता नेपाली र लक्ष्मी ढुङ्गाना निर्वाचित हुनु भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेज गरि स्थानीय वासिन्दालाई संरक्षणको जिम्मा दिनु पर्नेमा जोड दिनुभयो ।
स्थानीय समुदाय प्राकृति श्रोतको उपयोगबाट बञ्चित हुन नहुने बताउँदै उहाँले वन क्षेत्रमा उपभोक्ताको अधिकार स्थापित गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले महासंघले उपभोक्ताको हक अधिकार स्थापित गर्न जिम्मेवार भएर अघि बढेको बताउँदै वन एने, विनियम र कार्ययोजना अनुरुप प्रकृया मिलायर वन पैदावार उपयोग गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ कास्की अध्यक्ष विश्वनाथ अधिकारीले जिल्लामा पाँच सय भन्दा बढी सामुदायिक वन समूह रहेको जानकारी दिंदै सम्भाव्यता अध्ययनका आधारमा वन क्षेत्रलाई आयआर्जनसंग जोडिन खालका उद्यम सञ्चालनतर्पm लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
गाउँपालिका महासंँघ माछापुच्छ्रेका अध्यक्ष चुडामणी अधिकारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ६ का वडासदस्य गुरुदत्त अधिकारी, उमानाथ अधिकारी, मालती अधिकारी लगायतले सर्वसुलभ तरिकाले वन पैदावार उपयोग गर्ने खालको निती आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

